०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

कटुवा पेस्तोलसहित ३ जना प्रहरी फन्दामा

Logo
प्रकाशित बिहिबार, साउन २८, २०७८

न्यूजमधेश डेस्क
बुटवल,२८ श्रावण । कपिलवस्तुबाट कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुका २० वर्षीय लक्षमण यादव, २८ वर्षीय विश्वम्वर यादव र ४१ वर्षीय समसाद अहमद खाँ रहेका छन् ।

कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार महाराजगंज नगरपालिका-९ औरहवाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थमा हिँडिरहेको समयमा खान तलासी गर्दा लक्ष्मणको साथबाट एक थान घरेलु नल कटुवा पेस्तोल र विश्वम्वरको साथबाट सो पेस्तोलमा प्रयोग हुने तीन राउण्ड गोली बरामद भएको उनले बताए ।

पक्राउ परेका दुवै जनाले दिएको बयानको आधारमा समसादलाई पनि नियन्त्रणमा लिएको उनले बताए । समसादले उक्त पेस्तोल र गोली आफूहरुलाई राख्न दिएको बयान लक्ष्मण र विश्वम्वरले प्रहरी समक्ष दिएका थिए । पक्राउ परेका तीनै जनालाई हातहतियार खरखजना मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]