न्यूजमधेश डेस्क
काठमाडौं ,२ भाद्र । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी विभाजनका लागि अन्तिम तयारीमा जुटेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल एमाले फुटाउने तयारीमा लागेका हुन् ।
नेपालले बनाउन लागेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको श्रोतले जनाएको छ। चुनाव चिन्हको विषयमा भने अझै छलफल भइरहेको छ ।
नेपाल पक्ष दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित तयारी अवस्थामा बसेको छ । एमाले अध्यक्ष केपी ओलीसँगको मदभेद् र एकताका लागि गरिएका सबै प्रयासहरू विफल भएपछि नेता नेपालले नयाँ पार्टी गठनको बाटो रोजेका हुन्।
५३ केन्द्रीय कमिटी सदस्य र २४ सांसदले नयाँ दल गठनको लागि हस्ताक्षर गरेको उनीहरूको दावी छ ।