२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

ठाकुर पक्षले नयाँ पार्टी दर्ता गराउदै : नाम र चुनाव चिन्ह के होला ?

Logo
प्रकाशित बुधबार, भाद्र ०२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२ भाद्र । जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षले नयाँ दर्ता गर्ने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि ठाकुर पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न लागेको हो ।

ठाकुर पक्षले पार्टीको नाम जनता समाजवादी नेपाल (लोकतान्त्रिक) राख्ने भएको छ । साथै, पार्टीको चुनाव चिन्ह साइकल राख्ने निर्णय गरिएको छ ।

अहिले आफूहरु निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारीमा लागिरहेको ठाकुर पक्षका नेता अनिलकुमार झाले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा २० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत संख्या पु¥याउनुपर्ने प्रावधान रहेकोमा त्यसलाई संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]