न्यूजमधेश डेस्क
झापा ,१० भाद्र । डा सीके राउत नेतृत्व जनमत पार्टीले झापामा १७ सदस्यीय महिला जनमत संघ गठन गरिएको छ ।
बिहिबार जनमत पार्टी झापाका अध्यक्ष भोटलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा महिला जनमत संघ केन्द्रीय संयोजक शुशिला यादव रहेकी थिइन् ।
१७ सदस्यीय महिला जनमत संघ झापा गठन भएको छ । सो समितिको अध्यक्षमा तारा कुमारी राजवंशीलाई सर्वसहमतिले चयन गरेकी छिन् ।