![](https://www.newsmadhesh.com/wp-content/uploads/2021/08/janamat1-scaled.jpg)
न्यूजमधेश डेस्क
जनकपुरधाम ,१० भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले संगठन विस्तारलाई निरन्तरता दिएको छ ।
बुधबार पूर्वी धनुषाको कमला नगरपालिकामा वडा स्तरीय युवा र महिला जनमत संघ गठन गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ८ हरिनेमा आयोजित एक कार्यक्रम विच गणेश कुमार यादवको नेतृत्वमा १५ सदस्यीय वडा स्तरीय युवा जनमत संघ गठन गरिएको छ ।
त्यसैगरी वडा स्तरीय २१ सदस्यीय महिला जनमत संघ गठन गरिएको छ ।सो महिला जनमत संघको अध्यक्षमा रिना देवी यादवलाई सर्वसहमतिले चयन गरेकी हुन् ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टी धनुषाका उपाध्यक्ष उपेन्द्र प्रसाद रोहिता रहेको थियो ।विशिष्ट अतिथिमा पार्टीका जिल्ला सहसचिव नविन पण्डित ,वरिष्ठ नेतृत्व मण्डलीका केन्द्रीय सदस्य सुमन बाबा रहेको थिए ।
सो कार्यक्रममामा महिला जनमत संघ धनुषाका अध्यक्ष रेखा मण्डल ,पार्टीका कमला नगरपालिकाका नगर संयोजक मनोज बनरैत ,सचिव उपेन्द्र गोरहानसहितका नेता कार्यकर्ताहरुको उपस्थितिमा वडा स्तरीय युवा र महिला जनमत संघ गठन गरिएको छ ।