१० बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

नयाँ पार्टी तत्काल खोल्ने हृदयेश त्रिपाठीको घोषणा

Logo
प्रकाशित शुक्रबार, भाद्र ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,११ भाद्र। केपी ओली नेतृत्व सरकारमा संघीय मामिला तथा स्वास्थ्यमन्त्री भएका हृदयेश त्रिपाठी र उनको समूहले तत्कालै नयाँ पार्टी खोल्ने भएको छ ।

भदौ महिनासम्म नयाँ पार्टी घोषणा गर्ने उक्त समूहको नेतृत्व गरेका त्रिपाठीले बताए । ‘भदौ महिनाभित्रै नयाँ पार्टी खोल्छौँ,’ त्रिपाठीले भने, ‘नयाँ पार्टी खोल्ने निश्चित भएको छ ।’ त्रिपाठी समूहले पार्टीको सम्भावित पाँच वटा नाम पनि जुराएको छ । तर, त्रिपाठीले नामबारे खुलासा गर्न चाहेनन् ।

स्रोतका अनुसार त्रिपाठीले खोल्ने पार्टीको नाममा समाजवादी शब्द नछुटाइने भएको छ । ‘नेपाल समाजवादी पार्टी’ नाम त्रिपाठीले पहिलो प्राथमिकतामा राखेको स्रोतले बतायो। त्रिपाठीले भने, ‘नाम चयन गर्दा निर्वाचन आयोगको दर्ता किताबमा नाम जुधे–नजुधेको पनि हेर्छौ ।’ उनले भने, ‘नाम जे भए पनि नाम भन्दा पार्टी खोल्ने कुरा ठूलो कुरा हो । पार्टीमा खोल्ने निर्णय गरिसकेका छौं ।’

त्रिपाठी र त्रिपाठीको समूहले अहिले आफूलाई स्वतन्त्र राजनीतिक समूह भन्ने गरेको छ । यो समूहमा दुई जना प्रतिनिधिसभा सांसद तथा दुई जना प्रदेशसभा सांसद छन् ।

प्रतिनिधिसभा सांसदमा त्रिपाठी र बिजे्रश गुप्ता छन् भने प्रदेशसभा सांसदमा अजय शाही र धर्मबहादुर लाल श्रीवास्तव छन् । यसैगरी यो समूहमा पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्रलगायतका नेताहरू पनि छन् ।

यस समूहका नेताहरू २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभामा एमालेको सूर्य चुनाव चिह्नबाट चुनाव लडेका थिए । नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]