१० बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

धनुषाको लक्करमा महिला र दलित जनमत संघ गठन

Logo
प्रकाशित शनिबार, भाद्र १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले वडा वडामा संगठन निर्माण र विस्तारमा नेता कार्यकर्ताहरु लागिपरेको छ ।पछिल्लो समय जनमत पार्टीको संगठन विस्तार तीव्रगतिमा देखेर अरुपार्टीका नेताहरु छक परेका छन ।

यसक्रममा धनुषाको कमला नगरपालिका ५ लक्करमा संगठन विस्तार गरेको छ ।शनिबार एक कार्यक्रम विच दुई संगठन निर्माण गर्नुभएको हो ।पार्टीको जनवर्गीय संगठन अन्तरगत रहेको महिला जनमत संघ र दलित जनमत संघ वडा स्तरीय निर्माण भएको जनमत पार्टी धनुषाका कोषाध्यक्ष किलेश मण्डलले जानकारी दिनुभएको छ ।

सो वडाका ललिता देवी पासवानको नेतृत्वमा २१ सदस्यीय महिला जनमत संघ र राम बाबु पासवानको नेतृत्वमा ११ सदस्यीय दलित जनमत संघ वडा स्तरीय निर्माण गरिएको नेता मण्डलले बताए ।

सो कार्यक्रमको प्रमुख अतिथिसमेत रहेको जनमत पार्टीका केन्द्रीय सदस्य एवं महिला नेत्री रानी पासवानले सम्बोधन गर्दै यस्तो दावी गरेकी छिन् ।

उनले , ‘नपाली कांग्रेस ,एमाले ,माओबादी र राप्रपाले पार्टीहरुले गर्दा देशमा आज एकल जातीय नश्लवादी शासन व्यवस्था कायम भएको दावी गरे ।’ महिला नेत्री पासवानले भने , ‘देशमा रंगभेद, जातीय क्षेत्रिय लैंगिक असमानता, विभेद र उत्पीडन संरचनागत रुपमै संस्थागत भएको बताए ।’

उक्त कार्यक्रममा दलित जनमत संघका केन्द्रीय संयोजक रघुबीर दास विशिष्ट अतिथि रहेको थिए । जनमतपार्टीका धनुषा कोषाध्यक्ष किलेश मण्डल ,महिला जनमत संघ धनुषा संयोजक रेखा मण्डल ,पार्टीका कमला नगरपालिकाका नगर अध्यक्ष मनोज बनरैत ,सचिव उपेन्द्र गोरहान ,पार्टीका नेता बद्री यादव ,पल्टु यादव ,सरोज यादव, हुसेनी मन्सुरीसमेत आतिथ्यमा कार्यक्रम भव्यताका पुर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा वक्ताहरुको भाषण सुनेर विभिन्न पार्टी परित्याग गरेर एक दर्जन नेता तथा कार्यकर्ताहरुले जनमत पार्टीमा प्रवेश गरेको छ ।पार्टी प्रवेश गर्नेहरुलाई अबिर लगाएर स्वागत गरेका छन ।

जनमत पार्टी कमला नगरपालिका ५ का वडा अध्यक्ष राम सागर पासवानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पार्टीका कमला ४ का वडाअध्यक्ष शम्भु महराले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]