११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

रौतहटमा ३३ सदस्यीय महिला जनमत संघ गठन

Logo
प्रकाशित शनिबार, भाद्र १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले रौतहटमा महिला जनमत संघ गठन गरिएको छ ।

जनमत पार्टीको राष्ट्रिय उपाध्क्ष ई . बसन्त कुशवाहाको प्रमुख आतिथ्यमा भएको जिल्ला स्तरीय महिला भेला कार्यक्रमको विशिष्ट अतिथिमा विशिष्ट अतिथिमा केन्द्रीय सदस्य ललित मलिक  र डा . सुबन्त कुशवाहा रहेका थिए ।

सो भेलामा अनिता साहको संयोजकत्वमा ३३ सदस्यीय महिला जनमत संघ रौतहट जिल्ला कार्यक्रमिति गठन भएको छ ।

उक्त कार्यसमितिको सहसंयोजकमा पुनम झा र रागिनी उपाध्यायलाई चयन गरेकी छिन् ।

जनमत पार्टी रौतहट जिल्ला अध्यक्ष रामेश्वर यादव ,उपाध्यक्ष शेख नैमुदीन ,सचिव विकास यादव ,सहसचिव नविन श्रीवास्तव ,कोषाध्यक्ष बिरेन्द्र साहसहित पार्टीको भातृ संगठनको जिल्ला प्रमुखहरुको समेत उपस्थितिमा जिल्ला कार्यासमित गठन भएका हुन् ।

सो कार्यक्रममा पार्टीको जिल्लाभरका प्रमुख महिला नेत्रीहरुसहित २५० जना महिलाहरु सहभागितामा भव्यताका साथ महिला जनमत संघ रौतहटको जिल्ला कार्यसमिति सर्वसहमतिबाट चयन भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]