०६ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

जनकपुरमा रेडक्रसको ५९ औं स्थापना दिवस मनायो

Logo
प्रकाशित शनिबार, भाद्र १९, २०७८

ओपि साह
जनकपुरधाम,१९ भाद्र । नेपाल रेडक्रस सोसाइटीले आफ्नो ५९ औं स्थापना दिवस मनाइएको छ ।

जनकपुरधाम स्थित जानकी आँखा अस्पतालमा एक कार्यक्रमको आयोजना गरी ५९ औं स्थापना दिवस मनाएको हो ।

आँखा अस्पतालका सभापति आन्नद कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले समाजसेवी समाजका एक गहना हुन बताउँदै विगतमा समाजसेवीले गरेको समाजसेवाको मुल्याङ्गन हुनु जरुरी छ ।

समाजसेवाको नाममा कतिपयले कमाइ खानो भाडो समेत बनाइसकेकोले हाम्रो समाजमा असल समाजसेवीको अवश्यता रहेको बताएका छन् ।

विगतमा भौतिक रुपमा ठोस काम गरेका समाजका प्रेरणाका उच्च स्रोत रहेको बताउँदै दाताहरुलाई उचित सम्मान हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा दाता परिवारका रुपेश सिंह,समाजसेवी अमरचन्द्र अनील, आखाँ अस्पतालका मेडिकल सुपरिडेन्ट डा। आशिष बोहरा,कोषाध्यक्ष संजय प्रसाद साह, नेत्र अधिकृत रुदल प्रसाद साह लगायको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषन शशीकान्त झाले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]

सुनसरी, १८ भदौ। भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने […]

कञ्चनपुर, १८ भदौ। जिल्लाको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ । मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको आज साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिनुभयो । बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार उद्धार गरिएको अजिङ्गरको तौल ३५ […]