०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

सशस्त्र प्रहरीको पोशाक खरिदमा करोडौं घोटाला

Logo
प्रकाशित आइतबार, भाद्र २०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२० भाद्र । सशस्त्र प्रहरी बलको पोशाक खरिदमा करोडौं घोटाला भएको पाइएको छ ।

महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनमा यस वर्षभित्र भएका पोशाक खरिद प्रक्रिया र अनियमितताको विषयमा व्यापक घोटाला भएको पाइएको हो।

महालेखाका अनुसार यो वर्ष कार्यालय सामान, जिप, बुट, चुस्ता, स्लिपिङ ब्याग, उद्दार सामग्रीलगायत विभिन्न ३६ वटा बोलपत्र र शिलवन्दी माध्यमबाट खरिद गरिएको छ।

ती मालसामानहरु खरिद गर्न ५५ करोड २४ लाख, ९७ हजार रुपैयाँ खर्च भएको छ । जसमध्ये ३२ वटा भने सम्झौता अनुसार नै सामान प्राप्त भएको महालेखाले जनाएको छ ।

यस्तै, चुस्ता, फ्लेक्जिबल सिंगल मास्टर अपरेसन्स उपकरण, उनी जर्सी, म्याट्रेस समेत गरि १२ करोड ७८ लाख ६५ हजार मुल्य बराबरको मालसामान अपूर्ति भएको छैन ।

सशस्त्रले खरिद गरेको उक्त सामान सम्झौता अनुसार नभई गुणस्तरहिन भएको समेत पाइएको बताइएको छ।

बोलपत्र तथा शिलबन्दीको माध्यमबाट १३ प्रकारका पोशाक खरिदका लागि ३६ करोड १६ लाख ६४ हजार रुपैयाँको सम्झौता भएको थियो । तर, उक्त रकमले खरिद गरेका सामग्री गुणस्तरमा असफल भएको पाइएको छ ।

त्यस्तै ३ खरिद सम्झौता अनुसारको सामान अहिलेसम्म पनि उपलब्ध नभएको महालेखाले बताएको छ । नियमावली अनुसार सशस्त्र प्रहरी कर्मचारीले नियमानुसार पाउनुपर्ने पोशाक समेत पाएका छैनन् । वर्षमा २ जोर चुस्ता, पीटी जुत्ता वर्षमा १ जोर, उनी कम्बल २ वर्षमा २ थानलगायत सामान सशस्त्र कर्मचारीले पाएका छैनन् ।

महालेखाका अनुसार विगत तीन वर्षमा दरबन्दी अनुसार वितरण गर्नुपर्ने सामान समेत लार्खौको संख्यामा कर्मचारीले पाएका छैनन् ।

जसमा १ लाख ७६ हजार ९ सय ६८ थान तयारी चुस्ता, एक लाख ८ हजार ३ सय ८५ थान जुत्ता, ३८ हजार ६ सय १२ जोर डिएम बुट, ३४ हजार ९ सय ५६ थान पार्क ज्याकेट र ८ प्रकारका ५ लाख ३० हजार परिमाणको सामान अझै नपुग भएको महालेखाले ठहर गरेको छ ।

विगत ३ वर्षदेखि सशस्त्र प्रहरीमा शैलेन्द्र खनाल प्रहरी प्रमुख आईजीपी छन् । खनालकै लापरबाहीका कारण शर्त अनुसारको सामग्री प्रहरी कर्मचारीले नपाएको सशस्त्र प्रहरीको उच्च स्रोतले जनाएको छ।

सशस्त्र प्रहरीले नियमावली २०७२ अनुसार विभिन्न ४७ प्रकारका पोशाक तथा सामान पाउने व्यवस्था छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]