०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

प्रदेश २ मा ८६६ जना स्थानीय जनप्रतिनिधिले लोसपामा सनाखत गरे

Logo
प्रकाशित बुधबार, भाद्र २३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ भाद्र । प्रदेश २ मा जम्मा ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् ।

प्रदेशका आठवटै जिल्लाका निर्वाचन कार्यालय पुगेर उनीहरुले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी लोसपा रोजेका हुन् ।

महोत्तरीमा सबैभन्दा धेरै २५८ स्थानीय जनप्रतिनिधिले लोसपामा सनाखत गरेका छन् ।

त्यसैगरी सर्लाहीमा १ सय ३७, बारामा १ सय ३८ ,रौतहटमा ८८,पर्सामा २८, सप्तरीमा ९६, सिरहामा १२ र धनुषामा १०९ जना जनप्रतिनिधिले लोसपामा सनाखत गरेका हुन् ।

यद्यपि कुन ओहोदाका कति जनप्रतिनिधिले लोसपामा सनाखत गरेको भन्न नमिल्ने प्रदेश निर्वाचन कार्यालय जनकपुरका प्रमुख पुष्पा झाले बताइन् ।

भोलिसम्म प्रदेशभरका तथ्यांक निर्वाचन आयोगको कार्यालयमा बुझाउने उनले जानकारी दिइन् ।

प्रतिनिधिसभाका १५, प्रदेश २ को प्रदेशसभाका १६, जसापा कार्याकारिणीका १७ सदस्यले लोसपामा सनाखत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]