१७ चैत्र २०८१, मंगलबार
01-04-2025 , Tue
×

जनमतको केन्द्रिय कार्यकारिणी र केन्द्रिय समितिको बैठक जनकपुरमा बस्ने

Logo
प्रकाशित बुधबार, भाद्र २३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२३ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय कार्यकारिणी समिती र केन्द्रिय समितीको विस्तारिक बैठक जनकपुरधाममा बस्ने भएको छ ।

जनमत पार्टीका उप महासचिव ई.इन्द्रजित यादवले विशेष परिस्थितिको कारणले पार्टीको कार्यकारिणी समिति र केन्द्रिय समितिको विस्तारित बैठकको मिति परिवर्तन गरेको जनकारी गराउनुभयो।

उप महासचीव ई.इन्द्रजित यादवले बुधबार न्यूजमधेश संग कुरा गर्दै पार्टीको केन्द्रिय कार्यकारिणी समितीकोे बैठक भाद्र २७ गते आइतबारदेखी २८ गते सोमबार सम्मको लागी पार्टीको केन्द्रिय सचिवालय जनकपुरधामको कार्यलयमा बस्ने उनले बताए।

त्यसैगरि पार्टीको केन्द्रिय समितिको विस्तारित बैठक भाद्र ३० गते बुधबारदेखि ३१ गते बिहीबारसम्म चलिने उपमहासचिव ई।यादवले बताए।

प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाम २ भानु चौकस्थित जनमत पार्टीको केन्द्रीय सचिवालयमा केन्द्रिय कार्यकारिणी समितीको बैठक बस्ने भएको छ ।सो बैठकमा कार्यकारिणी समितिका पदाधिकारीहरूको उपस्थिति मात्र रहने छ।

त्यस्तै, केन्द्रीय समितिको विस्तारित बैठकमा निर्वाचित केन्द्रीय सदस्यहरू, पार्टीका विभाग तथा मोर्चाका केन्द्रीय प्रमुख र सचिवहरू, जिल्ला समन्वय समितिका कार्यकारिणी पदाधिकारीहरू (सदस्य बाहेक)को सहभागीता हुने भएको छ।

पार्टीको केन्द्रिय समितिको विस्तारित बैठकमा सहभागीहरुलाई भाद्र २९ गते बेलुका सम्म उपस्थित हुनुपर्ने उप महासचिव ई यादवले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]