०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

सत्ता साझेदार दलको बैठक जारी

Logo
प्रकाशित शुक्रबार, भाद्र २५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ भाद्र । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल, मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उच्च अधिकारीसँग आज हुने भेटवार्तामा सत्ता साझेदार दलको समान धारणा बनाउन सत्तारूढ पाँच दलका शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवासमा जारी छ ।

बुधबारदेखि सुरु भएको संसद्लाई प्रमुख विपक्षी दलले सहज ढङ्गले सञ्चालन गर्न नदिएको पृष्ठभूमिमा आज अपराह्न पनि दुवै सदनका बैठक भएकाले रणनीतिक ढङ्गले अघिबढ्ने तथा संसदीय गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा आफूहरूबीच विचारविमर्श भएको बैठकमा सहभागी एक नेताले राससलाई बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय जनमोर्चाका प्रवक्ता दुर्गा पौडेल सहभागी हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]