०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मेयर बेचन दासले २५ लाखमा झुमे , ५२ लाखमा घुमे

Logo
प्रकाशित सोमबार, भाद्र २८, २०७८

न्यूजमधेश डेस्क 
जनकपुरधाम ,२८ भाद्र । धनुषाको विदेह नगरपालिकाले सरकारी खर्चमा मनमौजी गरेको पाइएको छ ।

विभिन्न कारणले पटक-पटक चर्चामा आइरहने यो नगरपालिकाका मेयर बेचन दासले सरकारी खर्चमै निजी निवासमा सामानहरू खरिद गरेर लगेको पाइएको छ भने नगरपालिकाबाट २५ लाख रुपैयाँ मदिरा पसललाई भुक्तानी गरेको समेत पाइएको छ । त्यस्तै ईन्धनमा समेत मनोमानी खर्च गरेको पाइएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/०७७ मा विदेह नगरपालिकाले ईन्धनमा ५१ लाख ४४ हजार तीन सय ८९ रुपैयाँ खर्च गरेको छ । नगरपालिकाले २०७६ असोज १५ देखि ०७७ असार ३१ सम्म विभिन्न मितिमा रोशन ज्योती आयल स्टोर्सलाई ईन्धनबापत ५१ लख ४४ हजार तीन सय ८९ रुपैयाँ भुक्तानी गरेको छ ।

यो नगरपालिकाले एक महिनामै ११ लाखभन्दा बढी रकम इन्धनमा खर्च गरेको पाइएको हो । जुन दैनिक १४ हजार ९४ रुपैयाँ हुनजान्छ ।

यस्तै आर्थिक वर्ष ०७६/०७७ मा नगरपालिकाले मदिरा र खाजामा २४ लाख ९९ हजार तीन सय ५५ रुपैयाँ खर्च गरेको छ ।

नगरपालिकाले शम्भु मदिरा पसललाई एक लाख ८१ हजार १९५ रुपैयाँ, होटल फुलवारीलाई १२ लाख ८२ हजार २१५ रुपैयाँ र राम सेवक कोल्ड स्टोर्सलाई १० लाख ३५ हजार ९४५ रुपैयाँ भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

नगर प्रमुख दासले आफ्नो निजी घरमा प्रयोग गरिरहेको लाखौँ मूल्यका सामग्री समेत राज्यकोषको ढुकुटीबाट खरिद गरेको पाइएको छ ।

नगरप्रमुख दासले वासिङ मेसिन, बक्स पलङ, लो बेड, एसी, फ्रिजलगायतका आवासीय प्रयोजनका सामग्री नगरपालिकाकै बजेटबाट खरिद गरी १५ लाख २८ हजार रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै नगरप्रमुख दासको जिल्ला सदरमुकाम जनकपुरमा आफ्नो निजी घर भएपनि २०७५ पुस १ देखि लक्ष्मीदेवी महतोसँग सम्झौता गरी घरभाडामा लिई मासिक १७ हजार रुपैयाँका दरले भुक्तानी गरेको पाइएको छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐनमा पदाधिकारीहरूका लागि सल्लाहकार तथा सहायक कर्मचारी राखी पारिश्रमिक दिने व्यवस्था नरहे पनि विदेह नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी नगर प्रमुख तथा उपप्रमुखको सचिवालयमा काम गर्ने गरी प्रेस सल्लाहकार, कार्यालय सहयाकलगायतका कर्मचारी करारमा भर्ना गरी १३ लाख ९७ हजार ५८० रुपैयाँ खर्च गरेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]