२५ चैत्र २०८१, बुधबार
09-04-2025 , Wed
×

मधेशी विद्यार्थीले पत्ता लगाए ह्वाट्एपको यस्तो कमजोरी,५ सय डलर पुरस्कार दिने

Logo
प्रकाशित सोमबार, भाद्र २८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२८ भाद्र। प्रदेश २ का एक मेडिकल विद्यार्थीले ह्वाट्अपमा भएको डरलाग्दो जोखिम पत्ता लगाएका छन् ।

धनुषा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका अविनाश कुमार मण्डलले उक्त जोखिम पत्ता लगाएका छन् ।

विरानगरको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा एमबिबिएस अन्तिम सत्रमा अध्ययनरत विद्यार्थी मण्डलले करोडौं एण्ड्रोइड प्रयोगकर्ताको ह्वाट्सएप मा देखा परेको मिसलिडिङ्ग युआई अन्तर्गत पर्ने कमजोरी पत्ता लगाएका छन् ।

उनले पत्ता लगाएको उक्त कमजोरीले गर्दा प्रयोगकर्ताले नचाहेको डाटा समेत ह्याकर समक्ष पुग्ने बुझिएको छ ।

मेडिकल विद्यार्थी मण्डलले उक्त कमजोरी पत्ता लगाएर ह्वाट्एपको डेभलपर फेसबुकलाई जानकारी गराएपछि डेभलर संस्था फेसबुकले यो विषयलाई बाहिर नल्याउन आग्रह गरेको भन्दै छिट्टै यो समस्या छिट्टै समाधान गर्ने आसवासन दिएको बताए ।

ह्वाट्सएपको उक्त कमजोरी मण्डलले पत्ता लगाएपछि ह्वाट्स एपको डेभलपर फेसबुकले उनलाई ५ सय डलर पुरस्कार दिने भएको छ ।

ह्वाट्एपको यस्तो कमजोरी पत्ता लगाउन सफल हुँदै पुरस्कृत हुने भएपछि खुशी व्यक्त गर्दै मेडिकलका विद्यार्थी मण्डल भन्छन्,–‘अगामी दिन थग सिर्जनशिल काम गर्ने प्रेरणा मिलेको छ ।’

अगामी दिनमा करोडौं सामाजिक संजाल प्रयोगकर्ता नेपाली तथा अन्य देशका प्रयोगकर्ताहरुलाई पनि यस्ता जोखिमबाट बचाउँने प्रयास गर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]