०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

विदेश जान घडेरी धितो राखेका युवा एजेन्टबाट ठगिए

Logo
प्रकाशित मंगलबार, भाद्र २९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ भाद्र । महोत्तरीको गौशाला नगरपालिका–३ का सुरेन्द्र महरा गाउँमै दैनिक ज्यालादारीको काम गर्थे । यसबाट भएको आम्दानीले जीविका चलाउन गाह्रो भएपछि विदेश जाने सोचाइ बनाए ।

त्यही क्रममा २०७४ सालमा उनको भेट भयो सर्लाहीको धनकौल गाउँपालिकाका राजन भनिने कुन्दन मिश्रसँग । मिश्रले दुबईमा राम्रो काम लगाइदिने विश्वास दिलाए । महराले घडेरी धितो राखेर गत फागुनमा गाउँकै साहूसँग १ लाख ५० हजार रुपैयाँ ऋण लिए । त्यसमध्ये १ लाख ३० हजार रुपैयाँ मिश्रलाई दिए ।

महराका अनुसार उनीजस्तै अनिलकुमार महतो, सुनिलकुमार महतो, रामकिशोर मुखियासहित ११ जनाले मिश्रलाई १ लाख ३० हजार रुपैयाँका दरले रकम बुझाएका छन् । तर उनीहरु कोही पनि विदेश जान पाएका छैनन् ।

‘लिएको ऋणको व्याज दिनदिनै बढ्दै गएको छ’ महरा भन्छन्, ‘विदेश गएर श्रम गर्न पाएको भए चुक्ता गर्न सजिलो हुन्थ्यो । अब कसरी चुक्ता गर्ने ?’

महोत्तरी गौशालाकै सुनिलकुमार महतोले पनि २ लाख ऋण लिएर मिश्रलाई १ लाख ३० हजार रुपैयाँ बुझाएका थिए । ‘बाँकी रकम घरमा छोडेर विदेश जाने सपना थियो’ उनी भन्छन्, ‘तर, ती सबै सपना चकनाचुर पारिदिए ।’

ऋण लिएर मिश्रलाई रकम बुझाएलगत्तै लकडाउन शुरु भएको र त्यसपछि आफूहरुले कामसमेत नपाउँदा पेट पाल्नै समस्या भएको उनीहरु बताउँछन् ।

काठमाडौं बोलाएर अलपत्र पारे

एजेन्ट मिश्रले भिसासमेत आइसकेको भन्दै २०७४ फागुनमा पासपोर्ट र पैसा लिएर काठमाडौं बोलाए । २४ फागुनमा महोत्तरीको गौशाला नगरपालिका–३ र औरही नगरपालिका–६ का ११ जना काठमाडौं गए । मिश्रले काठमाडौंको गौशाला बोलाएर उनीहरुसँग रकम लिए । पीडितले रकम दिएको भिडियोसमेत खिचेका छन् ।

पैसा लिएर अब तिमीहरुलाई उडाइदिन्छु भन्दै आफूहरुलाई गौशालामै छाडेर मिश्र गएको पीडित अनिल महतोले बताए । ‘आज आउँछु, भोलि आउँछु भन्दै मिश्र १२ दिनसम्म आएनन्’ महतो भन्छन्, ‘त्यसपछि हामीले गौशाला प्रहरी वृत्तमा उनीविरुद्व उजुरी पनि दियौं । तर, प्रहरीले केही गरिदिएन । बाध्य भएर गाउँ फर्कियौं ।’

महतोका अनुसार मिश्रले एसआर मेनपावर काठमाडौंबाट प्रति महिना १ लाख ८० हजार रुपैयाँ तलव पाउने गरी दुवई पठाइदिने आश्वासन दिएका थिए ।

रकम लिएर लामो समयसम्म विदेश नपठाइदिएपछि र रकम समेत फिर्ता नगरेपछि पीडितहरुले गौशाला नगरपालिकास्थित स्वरोजगार कार्यालय र इलाका प्रहरी कार्यालय गौशालामा मिश्रविरुद्व उजुरी दिएका छन् ।

उजुरी दिएपछि फोन गरेर मिश्रले धम्की दिएको महतोले बताए । ‘अब त एक पैसा पाउँदैनस्, उजुरीले मेरो केही बिगार्दैन’ भनेको महतोले सुनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]