२७ चैत्र २०८१, शुक्रबार
11-04-2025 , Fri
×

कमला नदिमा फसेका ९ जनालाई जिवितै हेलिकप्टरबाट नेपाल सेनाले उद्वार गर्न सफल

Logo
प्रकाशित आइतबार, आषाढ २९, २०७६

जनकपुरधाम । निरन्तर वर्षा भएको कारणले कमला नदीमा बाढी आएपछि शुक्रबारदेखिनै बाढिमा फसेको कमला पुल निर्माण कार्यमा खटेका इन्जिनियर ९ जना कामदारलाई नेपाली सेनाले जिवितै उद्धार गरेका छ्न। सबै जना कामदारलाई सेनाले हेलिकोप्टरबाट उद्धार गर्न सफल भएको छ।

हुलाकी राजमार्गमा अन्तरगत कमला नदिमा पुल निर्माण भइरहेको पुल निरिक्षण गर्न गएका हुलाकी सडक आयोजनाका इञ्जिनियर जामुन यादवसहित ९ जनालाई सेनाको टोलीले हेलिकोप्टरमार्फत् कमला नदीको बाढीको बीचबाट शनिबार साँझ उनिहरुलाई जिवितै उद्धार गर्न सफल भएको छ।यो प्राविधिक टोली सिराहा र धनुषाको सीमामा पर्ने बसपिट्टामा कमलाको बाढीले छेकिएर फसेको थिए। शुक्रबार रातभरि र शनिबार दिनभरि उनीहरु कमला नदिको विचमानै बाढिको कारणले फसेका थिए।

कमला नदीको पुल निर्माणस्थलमा इन्जिनियर जामुन यादव, एक्साभेटर चालक भोला मण्डल, इन्दल पटेल, चौकीदार कमला दास, मुखलाल दास, मजदुरहरु रविन मण्डल, सञ्जीत मण्डल, सन्तोष मुखिया र मनिष शर्मा नदीमा फसेका थिए। पुलको अनुगमनमा इञ्जिनियरसहित कमला खोला पुगेका ९ जना प्राविधिकको टोली बाढीका कारण थुनिएका थिए।

शुक्रबारदेखि अलपत्र परेका उनीहरुको उद्धारका लागि हेलिकप्टरमार्फत् लिफ्ट गराउने प्रयास मौसमका कारण सफल हुन सकेको थिएन।निरन्तर वर्षा र मौसम खराब भएको कारणले हेलिकोप्टर उद्वार गर्न सकिएको थिएन । टोली उभिएको ठाउँमा पानी पुग्न एक फिट मात्र्र बॉकी रहेको अवस्थामा सेनाले उनीहरुलाई बचाएको हो । पुल बनाउन पुगेको टोलीमा इन्जिनियर यादव, दुईजना चौकीदार, एक्साभेटर चालकसहित व्यक्तिलाई उद्वार गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]