![](https://www.newsmadhesh.com/wp-content/uploads/2021/09/chatyan-mirtu.jpg)
न्यूजमधेश डेस्क
बर्दिया ,१३ असोज । चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजापुर नगरपालिका १० का गुमान सिंह चौधरि रहेका छन ।
मंगलबार दिउँसो धान खेतमा गएका चौधरी चट्याङ लागेर सक्त घाइते भएको थिए ।
उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।