११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

धनुषाको चार स्थानीयमा जनमत पार्टीको प्रथम नगर अधिवेशन सम्पन्न

Logo
प्रकाशित शनिबार, आश्विन १६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६ असोज । शनिबार डा .सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको ‘मधेश कभरेज अभियान’ अन्तर्गत मधेशका विभिन्न जिल्लाहरुमा नगर तथा गाउँ अधिवेशन सम्पन्न गरिएको छ ।

सोही अभियान अन्तर्गत धनुषा जिल्लामा अधिवेशन गर्न बाँकी रहेका चार स्थानीय तहमा एकैसाथ जनमत पार्टीले नगर अधिवेश सम्पन्न गरिएको हो  ।

सोहि अभियान अन्तर्गत जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकामा  ई . रबिन्द्र यादवको अध्यक्षतामा आयोजित नगर अधिवेशन जनमत पार्टीका उप महासचिव ई इन्द्रजित यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

उक्त अधिवेशनबाट गुलजारी लाल सिंहको नेतृत्वमा ३१ सदस्यीय नगर कार्यसमिति गठन गरिएको पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहाले जनाए ।

सो समितिको उपाध्यक्षमा धिरज कुमार यादव ,सचिवमा महेश यादव ,सहसचिवमा राजु कुमार दाससहित ३१ सदस्यीय नगर स्तरीय कार्यसमिति बनाएको जिल्ला अध्यक्ष कुशवाहाले भने ।

कार्यक्रममा जनमत पार्टी धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा , सचिव विजय साह , सहसचिव नविन पण्डित र कोषाध्यक्ष किलेश मण्डललगाईत स्थानीय युवा ,विद्यार्थी ,किसान ,व्यापारी ,बुद्धिजीवी ,समाजसेवीहरुको उपस्थितिमा नगर अधिवेशन सम्पन्न गरिएको पार्टीले जनाएको छ ।

त्यसैगरी, मिथिला नगरपालिका ,धनुषाधाम नगरपालिका र विदेह नगरपालिकामा  प्रथम नगर अधिवेशन गरेका हुन्  ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]