०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

सप्तरीकाे तिरहुतमा जनमतको अधिवेशन सम्पन्न

Logo
प्रकाशित आइतबार, आश्विन १७, २०७८

राजविराज, १७ असोज । सप्तरीको तिरहुत गाउँपालिकामा जनमत पार्टीको गाउँपालिका अधिवेशन शनिवार समपन्न भएको छ । सोही पालिकाको संयोजक सरोज यादवको अध्यक्षता तथा महिला जनमत संघकी संयोजक तथा पर्यवेक्षक शुशिला यादवको प्रमुख आतिथ्यमा आयाेजना गरिएकाे अधिवेशन कार्यक्रममा २१ सदस्यीय समिति गठन गरिएको हो ।
तिरहुत गाउँपालिकाको प्रांगणमा आयोजना गरिएको अधिवेशनमा अध्यक्षमा सरोज कुमार यादव, उपाध्यक्षमा बुलबुलदेवी यादव, मनोज कुमार राम, सुवोद कुमार यादव, सचिवमा हेमनन्दन गाइत, सह सचिवमा संतोष मरिक र कोषाध्यक्षमा दुर्गेश मण्डललाई चयन गरिएको छ ।
यसैगरि सदस्यमा सरोज, मनोज, डम्बर, ओम ना., भुपेन्द्र, ललिता देवी, रेखा देवी, शान्ति देवी, चनसुरी देवी, राध, संजु देवी, विनोद, दिनेश र दुखिलाल रहेका छन् ।
कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता र विभिन्न वडाबाट स्थानीयवासीहरुको निकै उपस्थिती रहेको जनमत पार्टी सप्तरीका सचिव थानेश्वर प्रसाद साहले जानकारी दिए ।
मौसम बिग्रीएका कारण शनिवार विधिवत रुपमा सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गर्न नसेकाले आज (आइतवार) सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गरिएको पर्यवेक्षक शुशिला यादवले बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]