११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

जनमत पार्टीले घेरियो अख्तियारको कार्यालय

Logo
प्रकाशित बुधबार, आश्विन २०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० असोज । डा सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोज बर्दिबासको कार्यालय घेराउ गरेको छ ।

भ्रष्टाचारीहरुमाथि कारबाही अगाडी बढाउन माग गर्दै जनमत पार्टीका नेताहरुले अख्तियारको कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले अख्तियारको कार्यालय अगाडी भ्रष्ट मुख्यमन्त्री लालबाबु राउतलाई कारबाही गर, भ्रष्टाचारका फाइलहरु दर्ता गर ,अख्तियार होसियार ,भ्रष्टाचारीलाई कारवाही गर जस्ता नारासहित प्रदर्शन गरेका थिए ।

भ्रष्टाचारको आरोपमा नियन्त्रणमा लिएका फाइलहरुमाथि कारबाही अगाडी बढाउनुपर्ने भन्दै अख्तियारमा ज्ञापनपत्र समेत बुझाएको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई बसन्त कुशवाहाले बताए।

उनले भने ,’प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा अख्तियारले छापामार फाइलहरु कब्जा गरेको थियो ।तर अहिले सम्म कुनै प्रकारको कारबाही प्रक्रिया अगाडी नबढाएको कारणले कारवाही गर्नको लागि प्रक्रिया अगाडी बढाउन माग गरेको छ।’

भ्रष्टाचारीमाथि कारबाही प्रक्रिया अगाडी नबढाए पछी कडा आन्दोलन गर्ने जनमत पार्टीका उपमहासचिव ई इन्द्रजित यादवले भने ।

उपमहासचिव यादवका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोज बर्दिबासका प्रमुखले ज्ञापनपत्र बुज्दै मुख्यमन्त्री लालबाबु राउतलाई कारवाही गर्छु भने प्रतिबद्धता जनाएको उनले बताए ।

अख्तियार कार्यालय घेराउ र ज्ञापनपत्र बुझाउन जनमत पार्टीका नेता कार्यकर्ताहरुले जनकपुरबाट
सयौंको संख्यामा मोटरसाइकल र्याली लिएर बर्दिबास पुगेका थिए ।

सो कार्यक्रममा जनमत पार्टीका केन्द्रीय नेताहरुको समेत उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री कार्यालय मातहत सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’मा अनियमितता भएको उजुरी परेपछि १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]