०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मन्त्रीको लोभमा महन्थ-राजेन्द्रको साथ छाडेका प्रमोद साहलाई उपेन्द्रले घर न घाटको बनाए

Logo
प्रकाशित शुक्रबार, आश्विन २२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२२ असोज । जसपाका सांसद प्रमोद साह मन्त्री बन्नबाट वञ्चित भएका छन् । ८८ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डललाई पूर्णता दिएका छन् ।

मन्त्रिपरिषदको २५ जनाको कोटा पूरा नहुने बेलासम्म जसपाबाट मन्त्री बन्नेहरुमा सांसद साहको नाम चर्चामा थियो । कतिसम्म भने आज विहानसम्म साह मन्त्री बन्ने निश्चित प्राय भइसकेको थियो ।

समाचारमा समेत उनको नाम आइसकेको थियो । मन्त्री बन्नेमा उनी ढुक्क थिए । अग्रिम बधाई थापिरहेका थिए । सपथ ग्रहण गर्न मधेसी परिहन आइरन लगाएर ठिक्क पारेका थिए । तर अन्तिममा उनी फालिए । मन्त्री छनोट गर्ने जिम्मा पाएका उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईले साहको नाम छनोट गरेका थिए । नाम छनोट गरेर बाबुराम उपत्यका बाहिर गइसकेका छन् ।

तर अन्तिममा अध्यक्ष उपेन्द्र यादवले एकलौटी रुपमा साहको नाम काटेर आफ्नै थरमा महिन्द्रराय यादवलाई च्यापे । तत्कालीन एकीकृत जसपाको अन्तरकलहमा साह उपेन्द्रतिर लागेका थिए । गत चुनावमा राजपाबाट संघीय सांसद निर्वाचित साह राजेन्द्र महतो निकट मानिन्थे ।

केपी ओलीको पालामा जसपा महन्थ ठाकुरबाट ११ जना मन्त्री बन्दा आफूलाई नसमेटिएपछि उनी असन्तुष्ट बनेका थिए । पार्टीभित्रको बढ्दो अन्तरकलह र नयाँ सरकारमा मन्त्री बनाउने उपेन्द्रको आश्वासनबीच उनले उपेन्द्र-बाबुराम समूह रोजेका थिए ।

पछि पार्टी फुटेपछि उनी महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा नगएर उपेन्द्रसँगै जसपामा बसेका थिए । जुन मन्त्रीका लागि उनले आफ्नो पुरानो घर त्यागे, पुराना अभिभावक त्यागे, आज त्यहीँ मन्त्रीको लोभले उनलाई घर न घाटको बनाएको छ ।

उपेन्द्रले पनि लात हानेका छन् । उनको ठाउँमा यादवलाई च्यापेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]