११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

जनमत पार्टीका नेता मण्डलको मोटरसाइकलमा आगजनी

Logo
प्रकाशित मंगलबार, आश्विन २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ असोज । डा.सिके राउत नेतृत्वको जनमत पार्टीका एक नेताको मोटरसाइकलमा आगजनी भएको छ । आगजनीले मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।

सिरहाको मिर्चेया नगरपालिका १० मिथिलेश्वर बस्ने जनमत पार्टीका केन्द्रीय सदस्य निर्मल कुमार मण्डलको स.४प ४३३७ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको हो ।

घर नजिकै रहेको सामुदायिक भवनमा राखिएको उक्त मोटरसाइकलमा सोमबार राति अज्ञात व्यक्तिले आगजनी गरेको मण्डलले बताएका छन् ।

केहि अपराधिक व्यक्तिले राजनीतिक प्रतिशोधका कारणले मोटरसाइकलमा आगो लगाएको भन्दै पार्टीका जिल्ला सचिव सन्तोष यादवले घट्नामा संलग्न व्यक्तिलाई पक्राउ गरी कार्वाही गर्न र क्षतिपूर्ती उपलब्ध गराउन माग गरेका छन् ।

सचिव यादवले मंगलबार बिज्ञप्ती जारी गर्दै आगजनी घट्नामा संलग्नलाई अबिलम्ब पक्राउ नगरिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]