११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

उपेन्द्र यादवलाई गृह जिल्लामै दुर्व्यवहार ,सर्वसाधारणद्वारा कार्यक्रम वहिष्कार

Logo
प्रकाशित बुधबार, कार्तिक ०३, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,३ कार्तिक । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गृह जिल्लामै दुब्र्यवहार भएको छ । आक्रोसित स्थानीयवासीले यादवलाई ठग र लुटेराको संज्ञा दिएका छन् ।

जसपाले कार्तिक १ देखी ५ गतेसम्म आयोजना गरेको कार्यकर्ता भेटघाटको पहिलो दिन अर्थात १ गते छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ मा कार्यक्रमकोे आयोजना गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष उपेन्द्रसंगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साह र प्रदेश सभा सदस्य मनिष सुमन समेत उपस्थित थिए ।

कार्यक्रमको सञ्चालक किशोरकुमार यादब (केसी)ले कार्यक्रमको सुरुवात गरेपछि जव फ्लोर ओपन गरियो, तव स्थानीय कार्यकर्ता उपेन्द्र माथि खनिए । वोल्ने पालो पाएका स्थानिय रमेश सदाले सम्वोधन समेत नगरी उपेन्द्रको नाम लिएर मधेशलाई ठग्न र लुटन आएको बताए । सदाले अन्य तीन जनालाई पनि सोही आसयमा आरोप लगाएपछि हो–हल्ला सुरु भएको थियो ।

त्यसपछि उपेन्द्रका कार्यकर्ताले सदाले समाएको माईक खोसे । त्यसपछि कार्यक्रमको माहौल अझै उग्र भएको थियो । कार्यक्रम अब्यवस्थित हुन थालेपछि स्थानीय दलित समूदायका महिलाहरुले कार्यक्रम नै वहिस्कार गरेका थिए ।

दलित महिलाहरुले कार्यक्रम वहिस्कार गरेर हिडेपछि वाँकी रहेका नेता÷कार्यकर्ताहरुले गालिगलौज सुरु गरेका थिए । स्थानिय नेता तथा जनता समाजवादी पार्टीका जिल्ला इन्र्चाज समेत रहेका सत्यनारायण यादबले सदालाई निसाना बनाएर गालि गलौज गरेको दलित समुदायका ब्यक्तिहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]