११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

अब मेयर ,सांसद र मन्त्रीलाई पनि जनकारवाही गर्ने डा सीके राउतको चेतावनी

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,५ कार्तिक । डा सिके राउत नेतृत्वको जनमत पार्टीले अब मेयर, सांसद र मन्त्रीहरुलाई पनि जनकारवाही गर्ने चेतावनी दिएको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले आज बिहान समाजिक संजालमार्फत् अब मेयर, सांसद र मन्त्रीलाई पनि जनकारबाही गर्ने चेतावनी दिएका हुन् ।

बिहीबार जनमत पार्टीका कार्यकर्ताले खानेपानी कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई अर्धनग्न गरी बजार घुमाएपछि उनले फेसबुकमा लेखेका छन्, ‘जनतामा धेरै डिमान्ड छ, मेयरको, मेयर मात्रै हैन, सुध्रेनन् भने सांसद र मन्त्रीमाथि पनि जन कारबाही हुनेछ।

यस्तै, अध्यक्ष राउतले कारबाहीको लागि हिजो जनताले जनकपुरका मेयरलाई नै खोजेको, तर उनले भागेर ज्यान जोगाएको दाबी गर्दै लेखेका छन्, ‘हिजो जनताले मेयरलाई नै खोजेका थिए । तर मेयरले लुकेर ज्यान जोगाए।’

आफू पहिले गालामा थप्पड हान्न दिने र बदलामा फूल दिने स्वतन्त्र मधेश गठबन्धनका संयोजक भएको भन्दै उनले अघि लेखेका छन्, ‘जनमत पार्टी स्वतन्त्र मधेश गठबन्धन होइन । स्वतन्त्र मधेश गठबन्धनका आफ्नै लक्ष्य र सिद्धान्त थिए । जनमत पार्टीको आफ्नै छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]