११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

जनमत पार्टीद्धारा पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा

Logo
प्रकाशित आइतबार, कार्तिक ०७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले आफनो कार्यकर्ताको रिहाइको माग राख्दै पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

जनमत पार्टीको आइतवार जनकपुरधाममा वसेको केन्द्रिय वैठकबाट पहिलो चरण अन्तरगत नउ दिन सम्म चरणवद्ध आन्दोलनका कार्यक्रमण घोषणा गरेको हो । कार्यक्रमहरुमा सिटी जुलुस देखि सर्वपक्षीय जनआन्दोलनको कार्यक्रम सम्म रहेको छ ।

पार्टीले घोषणा गरेको कार्यक्रम अनुसार कार्तिक ८ गते सोमवार जिल्ला स्तरीय वैठक राख्ने,जिल्लामा आन्दोलनको समिति वनाउने र जिल्ला कार्यकारिणी समितिबाट हरेक पालिकालाई आन्दोलनको लागिथ तयार गर्न अनुगमन अधिकारी तोक्ने साथै सोहि दिन हरेक जिल्लाको सदरमुकाममा सिटी जुलुस निकाल्ने भएको छ भने कार्तिक ९ गते मंगलवार गाउपालिका स्तरीय वैठक राख्ने,पालिका स्तरीय आन्दोलन समिति वनाउने र पालिकामा बाइक रयाली गर्दै नारा माइंकिङ्ग गराउने निर्णय गरेको छ ।

त्यसैगरि कार्तिक १० गते बुधवार हरेक वाडमा आन्दोलन समिति वनाउने,वडामा कोणसभा गर्ने र मशाल जुलुस निकाल्ने कार्यक्रम तय गरेको छ भने कार्तिक ११ गते वडामा युवा दस्ता प्रशिक्षण दिएर आरापार आनदोलनको तयारी गर्ने भएको छ । कार्तिक १२ गते जिल्ला सदरमुकाममा मशाल जुलुस प्रर्दशन,कार्तिक १३ गते अधिवेशनका कार्यक्रम सम्पन्न गर्ने कार्यक्रम राखिएको जारी विज्ञप्ती माफर्त जनाइएको छ ।

त्यस्तै कािर्तक १४ गते केन्द्रिय कार्यकारीणी समिति र जिल्ला कार्यकारिणी समितिको वैठकले समीक्ष गरी आन्दोलनको थप कार्यक्रम ल्याउने तय गरेको छ ।भने कार्तिक १५ गते सोमवार गाउपालिकाको ठुलो वजार र हटियाहरुमा कोणसभा गरेर माग जनता समक्ष अवगत गराउने कार्यक्रम राखेको छ ।

कार्तिक १६ गते वडा र टोलहरुमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरु गरेर माग जनता समक्ष अवगत गराउने,सवै जनता आनदोलनमा आउने गरी सर्वपक्षीय जनआन्दोलनको तयारी गर्ने लगायतको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]