११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

कांग्रेसले वडाअध्यक्ष जितेको नतिजा चार वर्षपछि स्वतन्त्रका राय विजय

Logo
प्रकाशित आइतबार, कार्तिक ०७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ कार्तिक। स्थानीय तहको निर्वाचन भएको चार वर्षपछि महोत्तरीको एक स्थानीय तहको मत परिणाम उल्टिएको छ ।

महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं १० अध्यक्षको मतपरिणाममा चार वर्षपछि उल्टिएको हो ।

चार वर्षअघि विजयी भएका अरुणकुमार चौधरीले कुर्सी छाड्नुपरेको छ । नेपाली कांग्रेसबाट त्यतिबेला विजयी बनेका चौधरीको ठाउँमा एक वर्षका लागि रमेशकुमार राय आएका छन् ।

अदालतको आदेशबाट आज पुनः मतगणना हुँदा स्वतन्त्र उम्मेदवार राय विजयी भएका छन् ।

उच्च अदालत जनकपुरमा पुनः मतगणना हुँदा चौधरीले २६७ मत ल्याए । २६९ मत ल्याएर स्वतन्त्र उम्मेदवार राय निर्वाचित बने ।

०७४ सालको चुनावपछि भएको मतगणनामा दुबै उम्मेदवारको समान २६७ मत आएको सार्वजनिक गरिएको थियो । बराबर मत आएपछि गोलाप्रथा गरी कांग्रेसका चौधरीलाई विजयी गराइएको थियो ।

त्यतिबेला तर, धाँधली भएको भन्दै स्वतन्त्र उम्मेदवार रायले उजुरी दिएका थिए । अदालतमा दिएको उजुरीअनुसार पुनः मतगणना हुँदा रायले जितेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]