न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले पूर्वनिर्धारीत कार्यक्रम अन्तर्गत आजपहिलो दिन मधेशका जिल्लाहरुमा सिठी जुलुस निकालेको छ ।
जनमत पार्टीका युवा नेता धिरज कुमार मण्डलको नेतृत्वमा प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामसहित मधेशभरी सिटि जुलुस प्रदर्शन गरेको छ ।
धनुषा जिल्ला पार्टी कार्यालयबाट सिटि जुलुस निकालिएको थियो ।जुलुसमा सहभागी नेता तथा कार्यकर्ताहरूले ‘भ्रष्टाचारीलाई कारबाही गर, हाम्रा कार्यकर्तालाई रिहा गर,हाम्रो माग पुरा गर , भ्रष्ट सरकार मुर्दावाद, भ्रष्टाचारीलाई संरक्षण गर्न पाइँदैन,जनमत पार्टी जिन्दाबाद ,डा सीके राउत जिन्दाबाद’ लगायतका नारा लगाएका थिए ।
सो जुलुस रामानन्द चौक ,जानकी चौक ,पेठिया बजार हुदै नमस्कार चौक ,मुरली चौक ,जिल्ला प्रशासन कार्यालय अगाडीबाट कदम चौक ,भानु चौकसहित नगर परिक्रमा गरि जनाका चौकमा कोणसभा गरेर कार्यक्रम समापन गरेको छ ।
कोणसभामा दलित जनमत संघका अध्यक्ष रघुबीर दास ,युवा नेता लक्ष्मेश्वर यादव ,जिल्ला सहसचिव नबिन पंडित ,दीपनारायण यादवसहितका वक्ताले आफ्नो कार्यकर्तालाई बिनासर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।
आम जनता र जनमत पार्टीका कार्यकर्ताहरुले गत बुधवार जनकपुरस्थित संघीय खानेपानी तथा ढल निकास आयोजना प्रमुख राजेश्वर कुशवाहालाई जनकारबाही स्वरूप अर्धनग्न पारेर बजार घुमाएका थिए ।
प्रमुख कुशवाहालाई जनकारबाही गरेपछि जनमत पार्टीका १७ जना नेता कार्यकर्ताहरुलाई प्रहरी हिरासतमा राखेको छ ।पक्राउ परेका कार्यकर्तालाई नि : सर्त रिहा गर्न माग गर्दै आज सिटि जुलुस निकालेको छ ।
भ्रष्टाचारविरुद्ध मधेसका सबै जिल्लामा सिठी जुलुस प्रदर्शन गरिएको पार्टीका केन्द्रीय उपमहासचिव इन्द्रजीत यादवले जानकारी दिए ।
जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भ्रष्टाचार र बेतिथिविरुद्ध सर्वपक्षीय जनआन्दोलन गर्ने निर्णय पनि गरेको थियो । जनआन्दोलनको तयारी स्वरुप आजबाट पहिलो चरणको आन्दोलन सुरु भएको जनमत पार्टीले जनाएको छ ।