०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

शम्भुनाथमा जनमत पार्टीको अधिवेशन सम्पन्नः अध्यक्षमा संजिव

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८

राजविराज, १० कातिक । सप्तरीको शम्भुनाथ नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन मंगवार सम्पन्न भएको छ ।
सोही नगरपालिका वडा नम्बर ३ स्थित शम्भुनाथ मन्दिरको प्रांगनमा आयोजना गरिएको कार्यक्रममा २३ सदस्यीय नगर समिति गठन गरिएको हो ।
सोही नगरपालिकाको जनमत पार्टीको अध्यक्षमा संजिव कुमार साह, उपाध्यक्षमा मुन्द्रिका देवी राम, सचिवमा शसिन्द्र भगत, सह–सचिवमा विनोद मण्डल, कोषाध्यक्षमा दिप नारायण साहलाई चयन गरेका छन् ।
यसै गरी विन्देश्वर साह, सुकन राम, सुचिता यादव, पिंकी मण्डल, लिला देवी राउत, चनौरा सदा, राजदेव मण्डल, सिकिन्द्र मुखिया, दुर्गा दास सदस्यमा रहेका छन् ।
त्यसै गरि महिनरायण सदा, रजो देवी यादव, संगिता देवी पासवान, दुवी लाल सरदार, शुशिला साह, संतोष भगत, रासलाल पाल, फुलोदेवी मण्डल र सुर्य नारायण साह रहेको पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले जानकारी दिए ।
जनमत पार्टीको केन्द्रिय उपाध्यक्ष बबिता ईसरको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष ई. बसन्त कुमार कुशवाहा, केन्द्रिय सदस्य मदनेश चौधरी तथा सप्तरीका पार्टी आवद्ध नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]