२५ चैत्र २०८१, बुधबार
09-04-2025 , Wed
×

विद्यार्थीहरुले प्रधानाध्यापक साहलाई कालोमोसो दल्यो

Logo
प्रकाशित शुक्रबार, कार्तिक १२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ कार्तिक।धनुषाको सबैला नगरपालिकास्थित एक विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापकलाई कालोमोसो दलेका छन्।

शुक्रबार सबैलास्थित फकिर चन्द उच्च मावि बरकुर्वा, रघुनाथपुर धनुषाका प्रधानाध्यापक बैजु साहलाई विद्यार्थीहरुले कालोमोसो दलेर जनकारवाही गरेका हुन्।

उनीहरु पाँच सुत्रीय विभिन्न माग राख्दै चार दिनदेखि आन्दोलनरत्त छन्। विद्यार्थीहरुले नियमित पठन–पाठन हुनु पर्ने र शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनुपर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारवालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्नेलगायतका माग राखी चार दिनदेखि आन्दोलनरत थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]