१२ बैशाख २०८२, शनिबार
26-04-2025 , Sat
×

सरकारले तीन बुँदे भाँड्न खोजेको छ : विप्लव

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१४ कार्तिक। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले आँफूसँग भएको तीन बुँदे सहमति सरकारले भाँड्न खोजेको बताएका छन् ।

सरकारले सहमति भाँड्न खोजेर मुलुकमा अशान्ति निम्त्याउन चाहेको भन्दै तत्काल सहमति कार्यान्वयनका लागि चेतावनीसमेत दिए ।

तीन बुँदे भाँडेर नेकपालाई घेराबन्दी गर्न खोजेको भन्दै उनले सरकारको यो घेरा सहजै तोड्ने चेतावनी दिए । ‘हामीसँग सरकार आँफैले गरेको सहमति कार्यान्वयन गर्न चाहन्न,’ नेकपाको राष्ट्रिय युवा संगठनको राष्ट्रिय सम्मेलनलाई शनिबार घोराहीमा सम्बोधन गर्दै चन्दले भने ‘सरकारले नेपालमा अशान्ति निम्त्याउन खोजेको छ।’

तीन बुँदे कार्यान्वयनका लागि आफूले आग्रह गर्दा हामीहरुसँग हतियार रहेको भनेर सरकारले आशंका गरिरहेको उनको भनाइ छ । तर तीन बुँदे सहमतिपछि मात्रै हतियार भए नभएको कुरा खोल्ने चन्दको भनाइ छ।

‘सुरुमा त तीन बुँदे सहमति भएको हो नि, पहिला त्यो तीन बुँदे कार्यान्वयन गरौँ, अनि हतियार भए, नभएको भनौँला नि,’ उनले भने ‘फेरि प्रचण्डले सबै हतियार बुझाई सकेका हुन् नि, हामीसँग कहाँबाट हतियार आउनेरु छैन भन्दा पनि विश्वास मान्दैनन् ।’, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]