१५ बैशाख २०८२, मंगलबार
29-04-2025 , Tue
×

भ्रष्टाचार विरुद्ध जनमत पार्टीले गरियो : दोस्रो चरणको आन्दोलन घोषणा

Logo
प्रकाशित मंगलबार, कार्तिक १६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६ कार्तिक । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रा चरणको आन्दोलन घोषणा गरेको छ । भ्रष्टाचार तथा दमनविरूद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको डा. राउतले बताएका हुन् ।

आन्दोलन अन्तर्गत दिपावली तथा छठ पर्वलाई लक्षित कार्यक्रम घोषणा गरेको छ । कार्तिक १७ मा टोल टोलमा सरसफाई गर्ने, कार्तिक १८ देखि २६ गतेसम्म डा. सके राउतको जिवनी प्रदर्शन गर्ने र छठ घातमा पर्व अगाडी र पछि सरसफाई गर्ने लगायतका कार्यक्रम घोषणा गरिएको छ ।

सशक्त तेस्रो चरणको आन्दोलनको घोषणा छठ पर्व पश्चात् मंसीर ५ गते गर्ने डा. राउतले बताएका छन् ।

जनकपुरमा भ्रष्टाचार आरोपमा संघीय खानेपानी तथा ढल निकास आयोजना प्रमुख राजेश्वर कुशवाहालाई जनकारबाही गर्दा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाई र केन्द्रीय सचिवालय तोडफोड गर्ने इन्जिनियरहरुलाई कारबाहीको माग गर्दै जनमत पार्टी चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]