०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

भाँडा बिक्री गर्ने ठाउँको उचित व्यवस्थापन नहुदाँ कुमाल समुदायको पेशा संकटमा

Logo
प्रकाशित बुधबार, कार्तिक १७, २०७८

राजविराज, १७ कार्तिक । कुमालले बनाएको माटाको वर्तन बिक्री गर्ने ठाउँको उचित व्यवस्थापन हुन नसक्दा आफ्ना पुख्य्रौली पेशा संकटमा जान सक्ने एक कुमहालले बताउँछन् ।
‘पर्व, तिहार, पुजापाठ, विवाह, श्राद्धलगायतका अन्य कार्यहरुमा समेत प्रयोग गरिने प्रायोजनकालागि निमार्ण गरिएको माटाका वर्तनहरु बिक्री गर्न विभिन्न गाउँका घर घरमा पुर्‍याउनु पर्ने बाध्यता रहेको’ हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ११ का सिताराम पण्डितले भने– ‘गाउँबाट वर्तन बिक्री गर्न राजविराजको हाटमा जादा ठाउँ अभावका कारण जहाँ पनि वर्तन राखेर बेच्न खोज्दा आसपासका पसलेहरुले हेप्दै, हप्काउदै भगाउछन् ।’
अहिले बढदौं आधुनिकताका कारण गाउँ घरमा पनि बिक्री न्युन हुदै गएको र कतिपय कुमहार समुदायका व्यक्तिहरुले पेशा नै छोडेर अर्को व्यवसाय तथा काम गरेर दिनचर्या बिताउन थालेको उनीहरुको भनाई छ ।
हाल दिपावली, छठ पर्व, तुलसी उद्यापन नजदिकिदै जादा तिहारमा प्रयोग हुने कुर्वा, कौर्ना, ढकनी, दीप, ढकना, चौमुख, पूजाका वर्तनको सेटलगायतका माटोको साम्रगीहरु बनाउनमा कुमहार समुदाय व्यस्त छन् ।
https://www.youtube.com/watch?v=QL1DI72QC30

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]