२५ चैत्र २०८१, बुधबार
09-04-2025 , Wed
×

जनकपुरमा बाढी पीडितको लागि राहत संकलनमा प्रहरीको हस्तक्षेप

Logo
प्रकाशित बुधबार, साउन ०१, २०७६

जनकपुरधाम।लगातार वर्षापछि आएको बाढिले डुवानमा परेका जनकपुरधाम लगाई तराई मधेशका अधिकांश भाग डुबानमा परेका व्यक्तिहरुको जनजीवन कष्टकर पुर्न बनेका छ।

धनुषा जिल्लामा आएको विनासकारी बाढीले गर्दा जिल्ला भित्र विभिन्न स्थानहरूमा लाखौंको छती भएको छ तर राज्य स्तरबाट कुनै किसिमको प्रभावकारी सहयोग गरेको छैन।

यस्तो विपतको अवस्थामा हेरेर  जिल्ला युवा संजाल धनुषाका युवाहरु बाढी पिडितहरुका लागी राहत संकलन गर्न कार्यमा सग्लन हुदा, जिल्ला प्रहरी कार्यलय बाट राहत संकलनमा रोक लगाएको छ।
राहतको प्रखाइमा बसेको पिडित परिवारहरुका लागि विपत ब्यबस्थापन समितिले पनि कुनै किसिमको ठोस कदम चाल्न सकेको छैन। संजालका महासचिव कुलदिप साहले प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दा “गैरकानुनी तरिकाले पैसा असुल्न पाइदैन” भनेर फोन काटदिनुभो भनेर दुखेसो पोखेका छन। उनी भन्छन हामी नगद मात्र हैन कि जिन्सी समान, लता कपडा, खाद्यान्न इत्यादि राहत सामग्री संकलन गरिरहेका थियौं तर प्रहरीले हाम्रो कार्यक्रममा हस्तक्षेप गरेका छन।

त्यसैगरी जिल्ला युवा संजाल धनुषाको महा संचिव कुलदिप साह मधेशी धोतीले भने यो भन्दा पहिला पनि हामिले बारा पर्साको लागि ९१००० राहत संकलन गरेका थियौँ तर त्यतिबेला कसैले रोकेन। यति धेरै रकम मुख्यमन्त्री राहत कोसमा जम्मा गर्दा यो पैसा कहाँबाट कसरी ल्यायौँ भने कसैले प्रश्न समेत गरेन र आज त्यही काम कानुन बिपरित छ भनेर रोक लगाउदा अचम्म नै लागेको बताए।

यता संजालको सदस्य राहुल  राज यादवले भने”प्रहरिको यस्तो हस्तक्षेपले युवाहरूको मन टुटेको छ। आ-आफ्नो काम छोडेर , समाजको लागि केही गरु भनेर हामी युवाहरु अगाडि आउँछौ तर प्रहरीले मद्दत गर्नुको साटो उल्टै हामीलाई रोक लगाउने काम गर्छन, यो कतिको सहिहो भने आरोप लगाएको छ।

राहत संकलन कार्यक्रममा संजालको महासचिव कुलदिप साह, युवा मंजय यादव , राहुलराज यादव र श्याम राउत लगाई दर्जनौं युवाको सहभागिता रएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]