१५ बैशाख २०८२, मंगलबार
29-04-2025 , Tue
×

मधेशको मिसनलाई कमिसनमा बदलियो ः नेता अरगरिया

Logo
प्रकाशित मंगलबार, कार्तिक २३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता उमाशंकर अरगरियाले मधेशको मिसनलाई कमिसनमा बदलिएको बताएका छन् ।

लोसपाले धनुषाको क्षेत्र नम्बर २ अन्तर्गत शहीद नगरपालिकाको यदुकोहामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले मधेशको मिसनलाई उपेन्द्र यादवले कमिसनसँग साटेको आरोप लगाए ।

‘मधेशको मिसनलाई कमिसनमा नबदलिएको भए, अहिले मधेशले अधिकार पाइसक्थ्यो’ उनले भने, ‘मिसनलाई कमिसनसँग साट्ने नेता उहीं हुन् ।’

मिसनलाई कमिसनमा बदलेर मधेशको भोंट पहाडमा बेच्ने नेता पनि उहीं रहेको अरगरियाले बताए ।

मधेशको नाममा राजनीति गरेपनि उपेन्द्रले आफ्नो स्वार्थ मात्रै सिद्धी गरिरहेका कारण अबको चुनावमा उनको पार्टीको यस क्षेत्रमा जमानत जफ्त हुने अरगरियाले बताए ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका उनले मधेशको असली नेता महन्थ ठाकुर नै रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]