०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

भन्सार छली गरेर नेपाल भित्र्याएको ७ लाख भन्दा बढीको समान बरामद

Logo
प्रकाशित बिहिबार, मंसिर ०९, २०७८

संजिप मण्डल
जनकपुरधाम,९ मंसिर । भारतबाट भन्सार छली नेपाल भित्र्याएको मालसामान शसस्त्र प्रहरीले धनुषाको बिदेह नगरपालिका-९ स्थित खरियानीबाट ठूलो परिमाणमा बरामद गरेको छ ।

बरामद गरेको कपडाको भन्सार मुल्य ७ लाख ६२ हजार ७ सय साठी रुपैया रहेको शसस्त्र प्रहरीले जनाएको छ । शसस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको स्क्वार्ड टोली, शसस्त्र प्रहरी नं. ८ गण धनुषा र बीओपी ठाढी झिझा(धनौजी)बाट संयुक्त रुपमा खटिएको टोलीले उक्त परिमाणका कपडा पक्राउ गरेको हो ।

केही दिन अघि मात्रै धनुषाको बिभिन्न नाकाहरुबाट ब्यापक तस्करी भइ रहेको भन्ने स्थलगत रिपोर्ट दृष्टि साप्ताहिक र दृष्टि न्युज डटकममा छापिएपछि शसस्त्र प्रहरी चासो देखाएको थियो । बरामद गरिएको मालसामान बैतुल्लाह भन्ने ब्यापारीको रहेको बुझिएको छ ।

बीओपी ठाढी झिझा(धनौजी) मातहतमा पर्ने फरवार्ड बेस इटहर्बादेखि करीब ५ सय मिटर मात्र टाढा रहेको छ । जहाँबाट बुद्धबार राती १ बजे अबैध कपडा प्रहरीले बरामद गरेको छ । यति नजीक तस्करी गरी ल्याएका कपडा राख्नाले एफओबी इटहर्बाका इन्चार्ज परशुराम उराबको प्रत्यक्ष संलग्नता रहेको शसस्त्र प्रहरी श्रोतको दाबी छ ।

खरियानी नाकाबाट सम्तुल्लाह, बैतुल्लाह, धर्मेन्द्र, कयुब, तुलसी लगायतका तस्करहरुले भारतबाट राती लत्ताकपडा, हार्डबेयर, इलेक्ट्रोनिक्स समान, तेल, चिनि, चप्पल, गाई गोरु लगायतका मालसामान तथा चौपाया नेपाल ल्याइने गरेको छ । उक्त नाकाबाट तस्करीको लाईन दिनेहरुमा रेल्बे बेस क्याम्प, बैदेहिका इन्सपेक्टर सरोज आचार्य र एफओबी इटहर्बाका इन्चार्ज परशुराम उराब रहेको छ ।

हाल केही दिनदेखि बन्द तस्करीको लाइन बन्द रहे पनि मंसिर महिनाको रकमसमेत इन्पेक्टर आचार्य र सइ उराबले आफनै रिस्कमा उठाई सकेका छन् । जिल्लाले लाईन नखोले पनि बिओपी इन्चार्जहरु आफनै रिस्कमा इनर्बा, जटही र फुलगामाबाट अहिले पनि सेटिङ्गमा तस्करी गराइरहेको छ । बोर्डर आउट पोष्ट फुलगामाका इन्पेक्टर बाबुराम लम्सालले उमेश साह, सुल्तान मियाँ, बिन्देश्वर नायक, फेकन लगायतका ब्यापारीहरुलाई लाईन दिएका छन् ।

यिनीहरु नेपालबाट मुख्यतः रक्सी, स्याउ, कलगेट तुथ पेस्ट, फेयर एण्ड लबली, लगायतका मालसामान भारत पठाउने गरिएको छ । केही दिन अघि मात्रै नेपालबाट ड्रोन क्यामरा भारत लैजाँदै गर्दा छिन्नमस्ता बाहिनीका टोलीले पक्राउ गरी भन्सार पठाएका थिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाका टोलीले गएराती ४९ बोरा मटर र १३ वटा मोटर साईकलसहित भन्सार बुझाएका थिए । चोरी तस्करी नियन्त्रण गर्न शसस्त्र प्रहरी धनुषाका एसपी नरेन्द्र सेनले मातहतका बिओपी तथा बेसहरुलाई कडाइका साथ चोरी निकासी पैठारी बन्द गर्न निर्देशन दिएको छ ।

गणबाट असइ श्रवण कुमार मण्डलको कमाण्डमा खटिएका ८ जनाको टोली र बीओपी ठाढी झिझा(धनौजी)बाट इन्सपेक्टर रवि बस्नेतको कमाण्डमा ७ जनाको टोलीले १४ पोका बरामद गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]