२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

हात्तीको आक्रमणमा परी मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग

Logo
प्रकाशित बिहिबार, मंसिर ०९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ मंसिर । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका धनुषाको मिथिला नगरपालिका– ७ का पदमबहादुर खप्तरी मगरकी श्रीमतीलाई सरकारले रु १० लाख राहत उपलब्ध गराएको छ ।

सरकारबाट प्राप्त रु १० लाखको चेक आज मगरकी श्रीमती टुकीमाया मगरलाई धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र डिभिजन वन कार्यालय धनुषाका प्रमुख सुनीलकुमार कर्णले संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो ।

गत २०७७ चैत १६ गते जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका मगरको परिवारलाई वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ बमोजिम सङ्घीय वन मन्त्रालयले जिल्ला वन कार्यालय धनुषामार्फत सो राहत रकम मृतकका परिवारलाई उपलब्ध गराएको हो ।

मृतक परिवारलाई चेक हस्तान्तरण गर्नुहुँदै प्रजिअ बाँस्तोलाले सरकारले मृतकका परिवारलाई सहयोग गरी राम्रो काम गरेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]