११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

एकीकृत समाजवादी र कांग्रेस छाडेर सयौं जना लोसपामा प्रवेश

Logo
प्रकाशित आइतबार, मंसिर १२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ मंसिर।पुर्वमन्त्री एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता उमाकशंकर अरगरियाले उपेन्द्र यादवले मधेशको भोट बेचेको आरोप लगाएका छन्।

मधेशका जनताले आफ्ना प्रत्यक्ष उम्मेदबारलाई मत दिएर जिताए पनि समानुपातिकका लागि दिएको मत उपेन्द्रले बेचेको उनले बताए।

शनिबार लोसपा कमला नगरपालिकाका अध्यक्ष मनिक लाल मण्डलको अध्यक्षतामा सघारामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य समेत रहेका अरगरियाले मधेशको समानुपातिक भोटलाई काठमाडौं गएर उपेन्द्रले बेचेको बताए ।

उनले भने ‘भोट हाम्रो धनुषा जिल्लाको। तर सांसद कसलाई बनायो ? राजेन्द्र श्रेष्ठ, रेणुका गुरुङ्ग, लिला सिटौलालाई’ उनले भने, ‘मधेशको भोट बेचिएको हो कि होइन् ?’

उनले प्रदेश २ मा दुई तिहाई बहुमत रहेको भन्दै २ नम्बरिया छाप हटाएर मधेश नामाकरण गर्न आग्रह गरे ।

उक्त कार्यक्रममा एकीकृत समाजवाद पार्टी ,नेपाली कांग्रेस छाडेर करिब एक सय भन्दा बढी जना लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका हुन।

नव प्रवेशहरुलाई दोसल्ला ओढाएर नेता अरगरियाले पार्टीमा स्वागत गरेको हो।

सो कार्यक्रममा लोसपा धनुषा अध्यक्ष प्रमोद यादव,संजय चौधरी ,संजय साह,जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता मिश्र ,पार्टीका जनकनन्दिनी गाउँपालिका अध्यक्ष सुनिल मण्डल ,युवा नेता रामकुमार यादवलगाइत स्थानीय नेता कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]