११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

Logo
प्रकाशित आइतबार, मंसिर १२, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,१२ मंसिर । सर्लाहीको बलरा नगरपालिकामा नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा विवाद हुँदा गोली चलेको छ । गोली प्रदेशमन्त्रीका अंगरक्षकले चलाएका हुन् । विवादका कारण बलराको २ वटा वडाको अधिवेशन रोकिएको छ ।

बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह पुगेका थिए ।

उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद चुलिएको थियो । जारी विवादकै क्रममा मन्त्रीका अंगरक्षकले हवाई फायर खोलेका थिए । दुई पक्षबीचमा झडप हुने स्थिति आएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए । अहिले बलराको अवस्था सामान्य भइसकेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।

विवादका कारण बलराको ८ र ९ नम्बर वडाको अधिवेशन रोकिएको छ । यी दुई वडामा जिल्लाका नेताहरुसँग बसेर आवश्यक छलफलपछि अधिवेशन गराउने निर्वाचन अधिकृत भरत राउतले बताए ।

‘अचलगढमा विवाद भएपछि मन्त्रीको अंगरक्षकले गोली चलाएका छन् भनेर मलाई जानकारी आएको छ, उनलाई चोट पनि लागेको छ भन्ने बुझेको छु,’ राउतले भने, ‘विवादपछि बलराको दुई वडाको मतदान अधिकृतलाई सुरक्षा निकायले सुरक्षित तरिकाले सदरमुकाम मलंगवा ल्याउनु भएको छ ।’ ११ वडा रहेको बलरामा अन्य ५ वडामा सहमति भएको छ भने ४ वडामा छलफल चलिनै रहेको छ । यी ४ वडामा सहमति नभए निर्वाचन गराउने तयारी छ ।

यसअघि गत शनिबार सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा पनि दुई पक्षबीच विवाद हुँदा मन्त्रीका अंगरक्षकले इतर पक्षका नेता बलिराम झा र विनोद खनालमाथि पेस्तोल ताकेको थियो । जसका कारण झडप नै हुन पुगेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]