०७ मंसिर २०८१, शनिबार
23-11-2024 , Sat
×

आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

Logo
प्रकाशित शुक्रबार, मंसिर १७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१७ मंसिर ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्ड स्रोतका अनुसार बिहीबार बसेको बैठकमा नतिजाको डेमो तथा एक्पेल भए/नभएको हेरिएको थियो । बिहीबारको बोर्ड बैठकमा त्रुटि नदेखिएपछि शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । शुक्रबार बिहान ९ बजे बोर्ड बैठक बोलाइएको छ ।

कक्षा १२ को परीक्षा होम सेन्टरमा सञ्चालन भएको थियो । परीक्षा सकिएको ६७ दिनमा नतिजा सार्वजनिक गर्न लागेको छ । देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,८ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले शैक्षिक गुणस्तर विकासका लागि सिकाइ प्रणाली रूपान्तरण गर्न प्रदेशको शैक्षिक पार्क बनाइने बताएका छन् । जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालय ज्ञानकुपको शनिबार अवलोकन तथा निरीक्षण गर्दै मुख्यमन्त्री सिँहले बहुबुद्धिमत्ता, सामाजिक सिकाइ सिद्धान्त, गेमिफिकेसन र २१ औँ शताब्दीको सीप प्रबद्र्धनका सिद्धान्तहरूमा आधारित शैक्षिक पार्क मधेश प्रदेशका सन्दर्भमा नवीन […]

जनकपुरधाम, २ भदौ ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले तस्करी रोक्न सीमावर्ती क्षेत्रमा प्रदेश सरकारले सूचना प्रणाली स्थापना गर्न र तस्कर पक्राउ गर्न आफ्नै संयन्त्र बनाउन बाध्य हुनुपर्ने बेला आएको बताएका छन् । उनले सीमापारबाट गरीब जनताले नुनतेल ल्याउन सास्ती भोगिरहेका बेला तस्करहरूले रातारात गाडीका गाडी सामान भित्र्याइरहेको उल्लेख गर्दै त्यसकारणले राजस्व संकलन प्रभावित भइरहेको हुँदा […]

जनकपुरधाम,२३ साउन । मधेश प्याब्सनको केन्द्रिय कार्यसमिति जनकपुरधामले मधेश प्रदेशको माननीय मुख्यमन्त्री सतिश कुमार सिंहलाई उच्च सम्मान गरी शैक्षिक सुधारको लागि अनुरोध गरेका छन् । मधेश प्याब्सनको केन्द्रिय अध्यक्ष प्रा.अमरेन्द्र कुमार झा,केन्द्रिय सचिव प्रा.पवन कुमार साह,केन्द्रिय सदस्य ममता पाठक,मधेश प्रदेशको संयोजक मुरारी लाल कर्ण तथा धनुषा जिल्ला अध्यक्ष सुजित मिश्रले सँयुक्त रुपमा आमुख्यमन्त्री सिंहलाई गुलदस्ता,सौल […]