१० मंसिर २०८१, मंगलबार
26-11-2024 , Tue
×

सिरहाको किसान आन्दोलनमा दर्जनौं राउण्ड आँसु ग्याँस प्रहार

Logo
प्रकाशित आइतबार, पुष ११, २०७८

न्यूजमधेश डेस्क
सिरहा, ११ पुष । किसान रिहाइको माग गर्दै सिरहामा जारी किसान आन्दोलनको क्रममा प्रहरीले दर्जनौं राउण्ड आँसु ग्याँस प्रहार गरेको छ ।

किसान पक्राउको विरोधमा जनमत पार्टीले आमहडतालको घोषणा गरेको छ । सोही क्रममा जनमतका नेताहरु पटवारी ठाकुर, रुकेश साहसहित दर्जनौं नेताहरुलाई पक्राउ गरिएको छ ।

अहिले सिरहाको मिर्चौया, गोलबजार, लहानलगायतमा अवस्था तनावग्रस्त रहेको छ ।

किसान नेताहरुको रिहाई, किसानमाथिको मुद्दा फिर्ता, मलखाध उपलब्ध गराउनेलगायतको माग राख्दै जनमत पार्टी सिरहा र किसान आन्दोलन संघर्ष समिति सिरहाले आमहड्तालको घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]