०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मिर्चैयामा अविलम्ब विभिन्न भत्ता उपलब्ध गराउन जनमतको माग

Logo
प्रकाशित बिहिबार, पुष २९, २०७८

जनकपुरधाम । समाजिक सुरक्षा भत्ता र बाल पोषण भता समयमा नदिएको भन्दै जनमत पार्टीले सिरहाको एक नगरापालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

सरकारले तोकिएको बमोजिम जिल्लाको मिर्चैया नगरपालिकाका बासिन्दाहरुलाई उक्त अधिकारबाट बञ्चित गरेको भन्दै अविलम्ब व्यवस्था गर्न माग गरेका छन् सो कार्यहरुलाई प्राथमिकतामा राखि उक्त भत्ताहरु समयमा वितरण नगरेमा पार्टीले थप संघर्षका कार्यक्रम गर्न बाध्य हुने जनाएको छ ।

बढदै गएको शितलहरका कारण नगरका दलित, गरिब तथा असहाय परीवारको जन जीवन कष्टकर भएकोले न्यानो कपडा, कम्बल र दाउरा सहितका सामाग्री समेत उपलब्ध गराउन उनीहरुले आग्रह गरेका छन् । पार्टीका केन्द्रिय सदस्य निर्मल मण्डल, नगर संयोजक पटवारी ठाकुरसहितका नेता कार्यकर्ताहरुले नगरपालिकाका कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]