अमर पासवान ,सिरहा ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका कार्यलयका सव-ओभरसियर घुससहित रंगेहात शुक्रबार पक्राउ परेका हुन।
अख्तियारले सिरहा जिल्लाको गोलबजार नगरपालिकाका वार्ड नं. ९ स्थित बस्ने सब ओभरसियर उमा श्रेष्ठ रहेकी । श्रेष्ठले शोचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुससहित पक्राउ परेकी छिन् ।
अख्तियार टोलीले श्रेष्ठलाई घुस रकमसहित गोलबजार नगरपालिका वार्ड नं. ७ पुरानो चोक चोहर्वा रहेको स्थित होटलबाट रङ्गेहात नियन्त्रणमा लिएको छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हरिप्रसाद घिमिरेले जानकारी दिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान भइरहेको बताए ।