११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

मन्त्री यादवको सप्तरीमा पुतला दहन, बर्खास्त गर्न माग

Logo
प्रकाशित आइतबार, माघ ०९, २०७८

जनकपुरधाम , ९ माघ । सप्तरीको राजविराजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव विरुद्ध प्रदर्शन सहित पुतला दहन गरेका छन् ।

जनमत पार्टीका नेता, कार्यकर्ता तथा उनका समर्थहरुले आज (आइतवार) दशन चौक स्थित प्रदर्शन गर्दै मन्त्री यादवको पुतला दहन गरेको हो ।

रेणु यादवलाई बर्खास्त गर, जनमत पार्टी जिन्दावाद, सिके राउत जिन्दावाद, रेणु यादव मधेश छोर, किसान आन्दोलन जिन्दावाद, किसानको माग पुरा गरलगायतका नाराहरुलगाउदै प्रदर्शन गरेको थियो ।

जसपाकी केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री रेणु कुमारी यादवले गत माघ ५ गते १५ औं बलिदानी दिवसको अवसरमा सम्बोधन गर्दै गौर नरसंहार दाेहरीन सक्ने जस्ता तर्क दिएपछि उनको बर्खास्तकोलागि चारैतिर माग भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]