न्यूजमधेश डेस्क
जनकपुरधाम,१७ माघ।किसान आन्दोलनलाई निरन्तरता दिदै डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशका जिल्लाहरुमा बयलगाडा जुलुस प्रदर्शन गरिएको छ ।
आन्दोलनको कार्यक्रमअन्तगर्तत पार्टीले आज (सोमबार) बयलगाडा जुलुस प्रदर्शन गरिएको पार्टीका महासचिव चन्दन सिंहले बताएका हुन् ।
सो पार्टीे किसानलाई समयमा मलखाद, बीउबिजन, सिँचाइको व्यवस्था गनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा रहेको छ ।
सरकारले किसानको माग पूर्ण नगरेसम्म आन्दोलन चल्ने पार्टीका महासचिव सिंहले जानकारी दिनुभयो।