०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

डाक्नेश्वरीमा अभिभावक अनसनमा, व्यवस्थापन समितिको निर्वाचन गराउन मागँ

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

राजविराज, २० माघ । सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित एक विद्यालयमा अभिभावकहरु आन्दोलित भएका छन् । सोही नगरपालिका वाड नम्बर ९ स्थित एस एल पी माध्यमिक विद्यालय महुकी पत्थरगाडामा विद्यालय व्यवस्थापन समिति गठनको मागँ गर्दै आभिभावकहरु अनिश्चिकालीन रिले अनसनमा उत्रेका छन् ।

विद्यालयमा उक्त समिति नभएकाले विभिन्न अनुदान लगायतका अन्य क्रियाकलापहरुमा समेत समस्या भइरहदाँ आफुहरु आन्दोलित भएको अनसनमा सहभागी अमरनाथ यादवले बताए । मंगलवारदेखी जयलाल यादवको नेतृत्वमा सञ्चालन गरिएको अनसनमा बुधवार सिता देवी खंगको नेतृत्वमा सियाराम यादव, बिरेन्द्र दास, असोक सदा र भुटाइ मंडलसमेतको सहभागिता रहेको अभिभावक शुभनारायण यादवले जानकारी दिए ।

वास्तवमा अभिभावक आन्दोलित भएको स्वीकारदै विद्यालयका प्रधानाध्यापक देवु यादवले भने– कोभिड १९ का कारण समिति गठन हुन सकेको छैन् । गाउँपालिकामा रहेका शिक्षा शाखासगँ समन्वय गरि यो महिना पछि गठन गरिने उनको भनाई छ । उक्त विद्यालयमा १३ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]