११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

जनमतको किसान आन्दोलन, राजमार्गमा चक्काजाम

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

सप्तरी, २० माघ । जनमत पार्टीले किसान आन्दोलनलाई निरन्तरता दिदै आज (विहिवार) सप्तरीको विभिन्न ठाउँमा चक्का जाम गरेका छन् । जिल्लाको भारदह, रुपनी र कठौना स्थित राजमार्गमा चक्का जाम गरिएको आन्दोलन समितिका संयोजक शिवनन्दन कुशवाहाले जानकारी दिए ।
उनका अनुसार भारदह स्थित प्रहरीले बाटो खुलाउने प्रयास गरेकाले समान्य घमसाघम्सी भएको हो । हिजो (बुधवार) विभिन्न ठाउँमा मशाल जुलुस प्रदर्शन समेत गरेको थियो ।
‘जिल्लाको सम्पुर्ण स्थानिय तहको मुख्य चौकहरुमा बुधवार साँझमा उक्त जुलुस प्रदर्शन गरिएको’ जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले भने– ‘पार्टीद्धारा पुर्व घोषित किसान आन्दोलनको कार्यक्रम अन्तर्गत आज पूर्व–पश्चिम राजमार्ग बन्द गर्ने कार्यक्रमलाई निरन्तरता दिएको हो ।’ किसानहरुकोे समयमा मलखाद्यको व्यवस्था गर, सिचाईको व्यवस्था गर, उखु किसानको भुक्तानी गर, किसान कार्डको व्यवस्था गर, किसानमाथिको दमन गर, किसानमाथि लगाइएको झुठा मुदा खारेज गर, फसलको उचित मुल्य निर्धारण गरलगायतका मागँ उनीहरुको रेहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]