११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

लोसपाले एमसिसीको पक्षमा मतदान गर्ने

Logo
प्रकाशित बुधबार, फाल्गुण ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,११ फागुन। संसदमा १३ सिट भएको लोकतान्त्रिक समाजवादी पार्टीले एमसिसीको पक्षमा मतदान गर्ने भएको छ ।

संसदीय दलको बैठकले संसदमा टेबल भएको एमसिसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएको सम्झौताबाट पछि हट्दा नेपालको छविमा प्रश्न उठ्ने भन्दै एमसिसीको पक्षमा लोसपा उत्रिनुपर्ने प्रस्ताव बैठकमा गरेका थिए ।

भोलि संसदमा टेबल भएको एमसिसीमाथि छलफल अघि बढ्नेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलबीच सहमति नभए प्रतिपक्षी एमालेलाई मनाएर भए पनि एमसिसी पास गर्ने नीति लिएका छन् । यसका लागि उनले दलबीच संवाद पनि अघि बढाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]