११ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

कांग्रेससँगको बार्तापछि एमाले शीर्ष नेता आन्तरिक छलफलमा जुटे

Logo
प्रकाशित शनिबार, फाल्गुण १४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं, १४ फागुन।प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि एमालेका शीर्ष नेताहरुबीच छुट्टै छलफल भएको छ । शुक्रवार साँझ बालकोटबाट प्रधानमन्त्रीसहितका कांग्रेस नेताहरुलाई विदा गरेपछि एमालेको ‘कोर अफ दि लिडर’ बीच छलफल भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट देउवालाई विदा गरे लगत्तै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल पनि बालकोट आइपुग्नु भएको थियो । यसअघि महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवाली प्रधानमन्त्री देउवासँगको भेटघाटमा सहभागी हुनुहुन्थ्यो ।

स्रोतका अनुसार एमसीसी पास गर्ने सन्दर्भमा गठबन्धनका दलहरुले साथ दिन्छौं भने पनि प्रचण्डको ढुलमुले बानीका कारण प्रधानमन्त्री देउवा आस्वास्त हुन सक्नुभएको छैन । ‘एमसीसीमा साथ दिने कुरामा प्रचण्डको भन्दा माधव नेपालको विश्वास प्रधानमन्त्रीलाई धेरै छ ।

यही अविस्वासका बीच एमसीसी निणायर्थ प्रष्तुत गर्दा बहुमतले अस्विकृत भएमा सत्ताबाट बहिर्गमनसँगै अमेरिकी नजरमा पनि अक्षम देखिने त्रास प्रधानमन्त्री देउवामा रहेको छ । त्यसैले बहुमतको भरपर्दो सारथी खोज्दै देउवा बालकोट आइपुग्नुभएको हो ।

अध्यक्ष ओलीले कि त माधव नेपाल सहितत आफूले साउन २८ गते कारबाही गरेका १४ जना साँसदको पद खारेज हुनुपर्ने त्यसो नभए सभामुखले राजिनामा दिनु पर्ने माग अघि सारेपछि देउवा मध्यमार्गी बाटोको खोजीमा हुनुहुन्छ । शुक्रवारको सहमतिअनुसार कांग्रेस र एमाले शीर्ष नेताबीच आज पनि बार्ता हुने एमाले भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]