२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

‘अमेरिका र नेटो देशहरुले युक्रेनमा आतंकवादीहरु पठाइरहेका छन्’

Logo
प्रकाशित शनिबार, फाल्गुण २१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२१ फागुन। रुसले युक्रेनमाथि गरेको आक्रमणका बीचमा अमेरिका सहित नेटो देशहरुले युक्रेनमा आतंकवादी लडाकूहरु पठाइरहेको आरोप लागेको छ । रुसको फरेन इन्टेलिजेन्स सर्भिसले शुक्रबार यस्तो चेतावनी दिएको हो । इन्टेलिजेन्स सर्भिसका अनुसार यी आतंकवादीहरु डोनाबासमा तैनाथ गर्नको लागि पठाइएका हुन् । यी आतंकवादीहरुलाई सिरियामा अमेरिका नियन्त्रित अल तान्फ मिलिट्री बेसमा प्रशिक्षण दिइएको दावी गरिएको छ ।

रुसी इन्टेलिजेन्स एजेन्सीका अनुसार यी आतंकवादीहरुलाई युक्रेनमा पठाएसँगै अमेरिकाले मध्यपूर्व र अफ्रिकामा नयाँ आतंकवादी युनिट तयार गर्ने कामलाई पनि निरन्तरता दिएको छ र यी आतंकवादीहरु प्रशिक्षित भएर तयार भइसकेपछि उनीहरुलाई पोल्याण्डको बाटो भएको युक्रेन पठाइनेछ । समाचार एजेन्सी एएनआइका अनुसार बिहीबार मात्रै रुसी रक्षा मन्त्रालयले अमेरिकी मिलिट्री इन्टेलिजेन्सले युक्रेन पठाउनका लागि विदेशी लडाकू भर्ती गर्ने काम अगाडि बढाएको बताएको थियो ।

रुसी रक्षा मन्त्रालयका अनुसार करिब २०० क्रोएसियन लडाकूहरु गत हप्ता पोल्याण्डको बाटो हुँदै युक्रेन पुगेका छन् । रुसको रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेंकोभले भने ‘अमेरिकी मिलिट्री इन्टेलिजेन्सले प्राइभेट मिलिट्री कम्पनीका लडाकू भर्ती गरेर युक्रेन पठाउनको लागि ठूलो परिमाणको प्रोपोगाण्डा अभियान सुरु गरेको छ । सबैभन्दा पहिले अमेरिकी कम्पनी एकाडेमी क्युबिक र डीन कर्पोरेसनका लडाकूहरुलाई भर्ती गरिएको छ । गत हप्ता मात्रै करिब २०० लडाकूहरु क्रोएसियाबाट पोल्याण्ड हुँदै आएका छन् ।’

उनले यसरी विदेशबाट भाडाका लडाकूको रुपमा आएका लडाकूहरुलाई युद्धको क्रममा नियन्त्रणमा लिइए उनीहरुलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको आधारमा युद्ध बन्दी मान्न नमिल्ने र आपराधिक अभियोगमा कानुनी कारवाही गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]